कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालन

    • स्वास्थ्य पेज

  • ९ माघ २०७८, आईतवार

नेपालगन्जः कर्णाली प्रदेश भित्रिने मुख्य नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको सहयोग तथा समन्वयमा भेरीगङ्गा नगरपालिका–१० को तोलिखोला ९छिन्चु०मा आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

बबई हुँदै भारत तथा अन्य देशबाट आउने नागरिकहरुलाई विशेष लक्षित गरेर हेल्थ डेस्क सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

उहाँले हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिने र लक्ष्ण देखिएकाहरुको एन्टिजेनमार्फत कोरोना परीक्षण गरिने बताउनु भएको छ । त्यस ठाउँमा होल्डिङ सेन्टर निर्माण हुँदै गरेको अहिले अस्थायी रुपमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

हेल्थ डेस्क सञ्चालनका लागि प्रदेश सरकारले स्वास्थ्य जनशक्ति पठाएको छ । उहाँले यसअघि सुर्खेत विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको बताउनु भयो ।

कोरोना सङ्क्रमणको तेस्रो लहर आएपछि कर्णालीमा पनि कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ७२ रहेको छ ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech