नेपालगन्जः कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अवकास प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा नियुक्त गर्ने भएको छ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि ओलीले दाबी गर्नुभयो ।