चुकन्दरको जुस पिउनुका यस्ता छन् फाइदा

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७७, शुक्रबार

चुकन्दरका थुप्रै फाइदा छन्। थुप्रै शारीरिक समस्या चुकन्दरको सेवनले ठिक हुन्छन्। चुकन्दर काटेर खाँदा धेरैलाई स्वाद मन नपर्नसक्छ।

तर, चुकन्दरको जुसलाई भने धेरैले सहज रूपमा पिउन सक्छन्। थोरै कालो नुन राखेर यसलाई पिउन सकिन्छ। चुकन्दरले शरीरलाई पूर्णरुपमा स्वस्थ राख्छ।

मानिसमा एउटा उमेरमा भूल्ने समस्या हुन्छ। तर, आजभोली युवाहरूमा पनि यो समस्या देखिन थालेको छ। चुकन्दरको जुस पिउँदा मस्तिष्कमा रक्तप्रवाह बढ्छ। जसले गर्दा मस्तिष्क स्वस्थ रहन्छ।

यसले गर्दा कुनै कुरा भूल्ने समस्याबाट छुट्कारा पाउनुका साथै मस्तिष्कको स्मरण शक्ति पनि बढ्छ।

तौल घटाउन चुकन्दरको जुस निकै लाभदायक हुन्छ। यसमा क्यालोरीको मात्रा बढी हुन्छ। एक ग्लास चुकन्दरको जुस पिउँदा लामो समयसम्म भोक लाग्दैन।

यसमा चिकिको मात्रा पनि कम हुन्छ। त्यसैले तौल घटाउनु छ नियमित रुपमा चुकन्दरको जुस पिउनुपर्छ। र, यसले कुनै हानि पनि गर्दैन।

सुगर भएकाहरूले अरु जुस पिउन सक्दैनन्। तर, चुकन्दरको जुस मजाले पिउनसक्छन्। चुकन्दरमा अल्फा लाइपोइक एसिड पाइन्छ। यसले ग्लुकोजको स्तरलाई कम गर्छ। जुकन्दरमा पाइने एन्टि अक्सिडेन्ट मधुमेहमा ओटोनोमिक न्युरोपेथी जस्ता परिस्थितिसँग पनि लड्छ।

चुकन्दरमा थुप्रै पोषक तत्व हुन्छ। यो पोटाशियमको राम्रो स्रोत हो। कपालको विकासका लागि पोटाशियम निकै आवश्यक हुन्छ। कपाल झर्ने समस्या भए नियमित रुपमा चुकन्दरको सेवन गर्नुपर्छ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech