बालबालिकालाई पखला लाग्दा के गर्ने ?

    • स्वास्थ्य पेज

  • २९ फाल्गुन २०७७, शनिबार

बालबालिकालाई पख़ाला लाग्दा घरमा नै जीवनजल र जिंक चक्की खुवाएर उपचार गर्न सकिन्छ । तर बच्चाको आंखा गढेमा, जीब्रो सुक्खा भएमा, छाला चाउरिएमा, रोइ रहेमा वा लोसे भएमा, उल्टी गरि राखेमा, पिसाब कम गरेमा तुरन्त चिकित्सकसंग सम्पर्क गरिहाल्नु पर्छ ।

सामान्य पखला लागेमा बालबालिकालाई घरमा नै जिवनजल बनाए खुवाउन सकिन्छ । जिवनजल बनाउँदा यस्तो तरिका अपनाउनुपर्ने हुन्छ ।

जिवनजल बनाउने तरीका 

पहिले साबुन पानिले राम्ररी हात धुनुपर्छ ।

त्यसपछि ६ चिया गिलास भरी खानेपानी सफा भाँडोमा हाल्नुपर्छ ।

पुरीको सबै धुलो पानीमा हाली राम्ररी चलाउनुपर्छ ।

यसरी बनाएको जिवनजल छोप्नुपर्छ । साथै यो जिवनजल २४ घण्टा पछि खानुहुदैँन ।

जिवनजल प्रत्येक पटक दिसा गर्दा कति दिने 

दुई बर्ष भन्दा कमको बालबालिकालाई ५० देखि एक सय एम एल खुवाउनुपर्छ ।

दुई बर्ष देखि १० बर्ष सम्मको बालबालिकालाई एक सय एम एल खुवाउनुपर्छ ।

१० बर्ष भनदा बढिको बालबालिकालाई दुई सय देखि ४ सय एम एल खुवाउनुपर्छ ।

जिंक चक्कि

जिंक चक्कि दिनको एक पटक १० देखि १४ दिनसम्म खुवाउनुपर्छ ।

६ महिना मुनिका बालबालिकालाई  १० एम जि जिंक खुवाउनुपर्छ ।

६ महिना माथिका बालबालिकालाई २० एक जी जिंक खुवाउनुपर्छ ।

बालबालिकालाई पखला लाग्दा के खुवाउने के बार्ने

बालबालिकालाई पखला लाग्दा स्तनपान निरन्तर गराउँनुपर्छ । बालबालिकालाई दुध नपच्ने समस्या छैन भने गाई भैसिको दुध र दहि बार्नुृ पर्दैन । दुधमा पानी मिसाउन पर्दैन ।

धेरै गुलियो, फ्रुट, जुस, थुपुन चिनी वा सो मिश्रित खानेकुरा आइसक्रिम, चकलेट, कोक, फेन्टा  खुवाउनुहुदैन पखला बढाउँछ ।

ह्वाइट राइस एण्ड ब्रेड, ओट्स, मेदाले बनेको परिका खुवाउने आटाको होइन् ।

माछा, मास र अण्डा सामान्य मात्रामा खुवाउन मिल्छ ।

फाइबर भएका तरकारी कम खुवाउने यसता खानेकुरा पचाउँन गाह्रो हुन्छ । काउली, बन्दा, ब्रोकाउली, मुला, सागपात, गेडागुडि, नट्स एण्ड सिड्स कुनै पनि काचो सब्जि खानु हुदैँन ।

कम भएका खानेकुरा आलु, फर्सि, टमाटर, कुरीलोको टुप्पो, च्याउ, भेन्टा खुवाउन मिल्छ ।

फलफुलहरु स्याउ, केरा, कटहर, सुन्तला, आँप लगायत खरबुजा कम खुवाउनुपर्छ । भने ड्राई फ्रुड्स र अनार खुवाउनु हुदैँन ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech