शिवको प्रसाद भनेर गाँजा प्रयोग गर्दै हुनुहुन्छ ? सावधान गाँजाले निम्त्याउँछ यस्ता मानसिक समस्या

    • स्वास्थ्य पेज

  • २७ फाल्गुन २०७७, बिहीबार

आज महाशिवरात्री । शिवरात्री भन्नेबित्तिकै सबैले सम्झने कुरामा गाँजा पनि पर्छ । विशेष गरेर यस दिन शिव प्रसादको रुपमा गाँजालाई प्रयोग गरेको पाइन्छ । तर पछिल्लो समय शिवजीको प्रसादको रुपमा गाँजालाई लिए पनि गाँजाको दुरुपयोग भने धेरै भइरहेको छ । नेपालमा गाँजा प्रतिबन्धित छ । गाँजाको प्रयोग यसैपनि स्वास्थ्यका लागि हानिकारक रहेको चिकित्सकहरु बताउँछन् ।

गाँजाले निम्त्याउँछ मानसिक समस्या

नेपालका केही आयुर्वेदिक औषधि उत्पादकहरुले गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने जनाएका छन् । तर गाँजालाई प्रयोग भन्दा पनि दुरुपयोग गरेको हुँदा अहिले प्रसादको रुपमा प्रयोग गरिने गाँजाले महिनौसम्म मानसिक रुपमा समस्या हुने चिकित्सकहरु बताउँछन् ।

गाँजाको मात्रा नमिल्दा लामो समयसम्म रिगंटा लाग्ने, हुत्याएको जस्तो महशुस हुन्छ । कतिपय समस्याहरुमा गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने भए पनि मात्रा मिलाउन नसक्दा धेरै हदसम्म स्वास्थ्यलाई वेफाइदा हुने चिकित्सकहरुको भनाइ छ ।

‘गाँजा खाएपछि मान्छेलाई आनन्द महसुस हुन्छ जसले गर्दा शरीरलाई पीडा भइरहेको समयमा गाँजालाई प्रयोग गर्नुपर्छ भन्नेहरुको जमात अझै नेपालमा छन् तर स्वास्थ्यको हृष्टिकोर्णले हेर्ने हो भने गाँजाले धेरै हदसम्म वेफाइदा नै गर्ने गर्छ ।

मादक पदार्थ थोरै खादा स्वास्थ्यको लागि फाइदाजनक हो भने जस्तै गाँजा निश्चित मात्रामा खाँदा स्वास्थ्यको लागि फाइदा नै गर्छ भन्ने मानिन्छ । पिडाको बेलामा गाँजा प्रयोग गर्दा केही हदसम्म आराम महसूस भए पनि धेरै मात्रामा वा लामो समयसम्म त्यसको प्रयोग गर्दा त्यस्ता व्यक्तिमा मानसिक समस्यासँगै भ्रम सिर्जना हुने जस्ता विभिन्न समस्याहरु निम्त्याउँछ ।

एलोपेथिक्समा पनि केही वर्ष पहिला खोकी लाग्दा खाने औषधिले बिरामीलाई निद्रा लाग्ने, झुम्म हुने समस्याहरु हुन्थ्यो जसले गर्दा बजारमा लागू औषध नपाउँदा धेरै युवाहरुले त्यो औषधिलाई लागू पदार्थको रुपमा खान थालेपछि त्यस्ता औषधिलाई प्रतिबन्ध लगाइएको चिकित्सकहरुको बुझाइ छ। गाँजाको फाइदा बेफाइदा भए पनि धेरै हदसम्म गाँजा प्रयोग नगर्दा नै स्वास्थ्यको लागि राम्रो हुने चिकित्सकहरु सुझाउछन् ।

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech