चारजना डाक्टर १३औं तहमा बढुवा

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७७, सोमबार
चारजना डाक्टर १३औं तहमा बढुवा

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले चारजना डाक्टरलाई १३औं तहमा बढुवा गरेको छ। समितिले डा. विना प्रजापति मानन्धर, डा. केशव पौडेल, डा. हेन्सन खड्का र डा. सुनिल कुमार शाहलाई बढुवा गरेको हो।

मानन्धर प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन हुन्। उनी ८१.८०५५ प्रतिशतकासाथ बढुवा भएका हुन्। उनी कार्यक्षमताको मुल्याङ्कन प्रक्रियाद्वारा बढुवा भएका हुन्।

पौडेल र खड्का ११औं तहमा प्रमुख कन्सलटेण्ट रेडियोलोजिष्ट पदमा बढुवा भएका हुन्। साइक्याट्रिक डा. शाह पनि ११औं तहमा बढुवा भएका छन्। इएनटी सर्जन प्रमुख कन्सल्टेण्ट पदमा भने कुनै सम्भाव्य उम्मेदवार कायम नभएको समितिले जनाएको छ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech