यसरी गर्नुहोस् पहिलो बच्चाको प्लान

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०७७, सोमबार

बिहेपछि बच्चाको रहर गर्नु सामान्य कुरा हो। तर, हामीले पहिलो बच्चा जन्माउनका लागि प्लान गर्नु आवश्यक हुन्छ। किनकी यो भविश्यको खुशीसँग जोडिएको हुन्छ। बिवाह गर्दा घरमा परीवारले सन्तान उत्पादनको हतार गरिरहेका हुन्छन्। र, नवदम्पतिलाई दवाव दिइरहेका हुन्छन्।

जसले दवाव दिए पनि आफ्नो दम्पतिको बिचमा भएको सल्लाह अनुसार मात्रै बच्चाको प्लानिङ गर्नु आवश्यक हुन्छ। घरमा नयाँ मानिसको आगमन हुँदा खर्च बढ्छ। जुन स्वभाविकै हो। बच्चा जन्माउनु मात्रै ठूलो कुरा होइन। उसलाई राम्रोसँग लालनपालन गर्नु र राम्रो शिक्षा दिनु पनि महत्वपूर्ण कुरा हुन्छ।

त्यसैले आफ्नो आर्थिक अवस्थालाई ध्यान दिँदै बच्चा प्लानिङ गर्नु राम्रो हुन्छ। आर्थिक अवस्था थोरै राम्रो भएपछि मात्रै बच्चा जन्माउनु राम्रो मानिन्छ। जागिर गरिरहेको अवस्थामा प्रमोशन हुने बेला भए जागिर छोड्नु राम्रो हुँदैन।

पहिलो पटक बच्चा जन्माउँदा आफ्नो शारीरिक अवस्थामा पनि ध्यान दिनुपर्छ। स्वास्थ्य कमजोर भए शारीरिक अवस्था राम्रो भएपछि मात्रै बच्चा जन्माउनु राम्रो मानिन्छ। यस्तो पहिलो बच्चा जन्माएको कति समयपछि अर्को बच्चा जन्माउने र यो बिचमा केके गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech