कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौंः कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं श्वास फेर्न थाल्नुभएको छ । मष्तिष्कघात भएर गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका जोशीको अवस्थामा सुधार आएको हो ।

नेता जोशीको अवस्थामा चमत्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको अस्पतालले जनाएको छ । उहाँको उपचारमा संलग्न न्यूरो सर्जन डा राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उहाँले सामान्य रुपमा श्वास फेर्न थाल्नुभएको छ ।

स्वास्थ्य अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो । सुरुवातमा मष्तिष्कघातका कारण उहाँको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उहाँले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थाल्नुभएको छ । तर, प्यारालाइसीस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाइ छ ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech