यी लक्षण देखिए डिप्रेशन हुन सक्छ, तत्काल चिकित्सकसँग परामर्श लिनुहोस्

    • डा दिप्ती काफ्ले

  • १९ फाल्गुन २०७७, बुधबार

मानसिक रोग अर्थात मनोरोगले आफ्नो प्रभाव विश्वभरी बढाउँदै लगेको छ । विश्वमा १७ प्रतिशत मानिसलाई डिप्रेसन छ । नेपालमा १२ प्रतिशत मानिसलाई डिप्रेशन भएको तथ्यांकहरु छन् ।

प्राय २० देखि ५० वर्ष उमेर समूहका मानिसलाई डिप्रेशन देखिएको छ । त्योभन्दा कम र माथिका उमेर समूहलाई डिप्रेशन हुँदैन भन्ने चाही छैन् । तर कम हुन्छ । जीवनशैलीका कारण पनि मनोरोगबाट ग्रसित हुनेक्रम बढेको छ ।

खासगरी महिलाहरु योबाट पीडित हुनुहुन्छ । घरमा महिलालाई पुरुषबाट साथ र सहयोग कम हुन्छ । हरेक काम महिलाले गर्नुपर्ने अवस्था हुुन्छ । यस्तो अवस्थामा पनि मानसिकरुपमा मानिस समस्यामा पर्ने गर्छन । विशेषगरी जीवन शैलीमा आएको परिवर्तन, दुव्र्यसनिको प्रयोग, परिवारबाटको अलग बसाइलगायतका कारणले पछिल्लो समय मानिसहरु मानिसक रोगबाट ग्रस्त बन्दै गएका छन् ।

मनोरोग बंशानुगत पनि हुन्छ । परिवारको एउटा सदस्यलाई यस्तो समस्या छ भने अर्को सदस्यलाई २० देखि २५ प्रतिशतसम्म यो समस्या देखिन्छ । अझ श्रीमानश्रीमतिलाई छ भने उहाँबाट जन्मिएका छोराछोरीमा दुई गुणा बढी देखिन्छ । अर्को कुरा, हाम्रो शरिरमा हर्मोनमा हुने असन्तुलनले पनि मानसिक रोगको समस्यामा पुर्याउँछ ।

डिप्रेशनका दुई प्रकारका लक्षण हुन्छन्
-उदासीनता
-इच्छाशक्तीको अभाव

यसका अन्य लक्ष्यणहरु पनि छन् ।
-ध्यानको कमी
-आत्मबलको कम्जोरी
-हिनताबोध
-छटपटि लाग्नु
-मुटुको चाल बढ्नु
-एक्लै बस्न रुचाउनु
-खाना खान मन नलाग्नु
-निद्रा नलाग्नु
-आत्महत्याको सोच आउनु
उपचार
अझै पनि हाम्रो समाजमा मानिसहरु आफू र आफ्ना नातेदारलाई मानसिक रोग लाग्यो भनेर हेक्का गर्दैनन् । उनीहरु पेट दुखेमा, टाउको दुखेमा डाक्टरकोमा गएर औषधि खान्छन् । तर, मानसिक रोग लागेको छ कि छैन भनेर जँचाउन चाहँदैनन् । बुझेकाहरु पनि डराउँछन् । कतै रोग लागेको थाहा पाएमा धेरै डराउँछन् र बढी चिन्ता लिन्छन् । धेरैले त आत्महत्या पनि गरेका छन् ।

त्यसैले समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ । हामीकहाँ भ्रम छ, डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ, त्यो गलत हो। केही समय औषधि खाएपछि पनि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सक्छ। तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । औषधिद्वारा उपचारसँगै परामर्श (साइको थेरापी) पनि जरुरी देखिन्छ ।

विशेषगरी सबैभन्दा ठूलो त परिवारको भूमिका हुन्छ । परिवारले आफ्ना छोराछोरी र सदस्यहरुप्रति निगरानी बढाउनु पर्छ । लागु औषधको प्रयोग र कुलतमा फस्नेक्रम बढेसँगै डिप्रेशनको संख्या पनि बढेको छ । मानसिक रोग लाग्दैमा के के नै भैहाल्यो भन्ने होइन् । चिकित्सकको उचित परामर्श र उपचारपछि सहजै जिवनयापन गर्न सकिन्छ । त्यसका लागि परिवारले उस्लाई राम्रोसँग सम्झाउँनु पर्छ ।

यो केही पनि होइन सबै ठिक हुन्छ भनेर उस्लाई प्रेरित गर्नु पर्छ । परिवारमात्र होइन सिंगो समाजले पनि मानसिक रोगप्रतिको बुझाइ सकारात्मक बनाउन जरुरी छ । मानसिक रोग हाछ्यु गर्दा, खोक्दा, हातमिलाउँदा सर्ने रोग होइन त्यसैले मानसिक रोगीलाई छिछि र दुरदुर गर्नु हुँदैन ।

डा.दिप्ती काफ्ले देवकोटासँग गरिएको भिडियो कुराकानी । भिडियोमा डिप्रशनसँगै, एन्जाइटी डिसअर्डर, माइग्रेन लगायतका विषयमा समेत कुराकानी गरिएको छ ।

डा.काफ्ले भेरी अस्पताल नेपालगन्जमा मानसिक रोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ

 

 

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech