देशभर ९३६ जना कोरोना भाइरसका सक्रिय संक्रमित, शुक्रबार ११२ थपिदा ५४ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०७७, शुक्रबार

Coronavirus cells in an electron microscope. 3D illustration

काठमाडौं: शुक्रबार देशभर १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना महिला र ६८ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ । कोरोना संक्रमण जितेर शुक्रबार थप ५४ जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

२४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप ४ जना समावेश गरेको छ। योसँगै कोरोना संक्रमणकै कारण नेपालमा ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ।

अब सक्रिय संक्रमित ९ सय ३६ जना स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयले जनाएको छ ।


Nabintech