कोभिसिल्ड खोप खरिद गर्न अग्रिम भुक्तानी दिने मन्त्रिपरिषद्‌को निर्णय

    • स्वास्थ्य पेज

  • ४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं: सरकारले कोरोना भाइरसविरुद्धको खोप अग्रिम भुक्तानी गरेर खरिद गर्ने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले खोप उत्पादक कम्पनीको सर्त अनुसार कोभिसिल्ड भ्याक्सिन खरिद गर्ने निर्णय गरेको हो ।भारतको सेरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको छ।

यसअघि भारतले अनुदान स्वरुप १० लाख डोज कोभिसिल्ड नेपाललाई उपलब्ध गराएको थियो ।भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने उत्पादक कम्पनीको सर्त भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो।

सरकारले उक्त रकममध्ये ८० प्रतिशत ब्याच नम्बर हाल्न अग्रिम पठाउने र कम्पनीले सामान पठाउनुअघि २० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषदको बैठकको यो निर्णयपछि तत्काल खोप खरिद गर्ने बाटो खुलेको छ ।

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech