कोरोना अपडेटः थप चारको मृत्यु, ३३६ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ८ माघ २०७७, बिहीबार

काठमाडौं ८, माघ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय ७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका पाँच हजार ३० मध्ये तीन सय ३६ जनाको नतिजा पोजेटिभ आएको छ ।

बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा २२६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

हालसम्म क्वारेन्टिनमा १७२ जना छन् भने तीन हजार ७ सय ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech