३०८४ जनाको पीसीआर परीक्षण गर्दा २७० जनामा कोरोना संक्रमण पुष्टि, शुक्रबार ३९० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २ माघ २०७७, शुक्रबार

 

काठमाडौं २, माघ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार ८४ नमुना परीक्षण गर्दा ९० जना महिला र १८० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।

गएको २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

योसँगै कोभिड संक्रमणका कारण नेपालभर हालसम्म ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९४८ पुगेको छ ।

अब देशभर ४ हजार ३०१ जना कोभिड पुष्टि भएका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech