के हो यौन लत ? यसबाट कसरी पाउने छुटकारा ?

    • स्वास्थ्य पेज

  • २४ पुष २०७७, शुक्रबार

young sexy couple in love lying in bed in hotel, embracing on white sheets, close up legs, romantic mood.

कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्‍तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् । एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।

यौनको लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

यौन लतको लक्षण
बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु
यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैं यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

जो कसैको साथ यौन सम्पर्क राख्ने इच्छा हुनु
यौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना
यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्‍तमैथुन
हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।

डिप्रेसन, चिन्ता र मदिराको लत
यदि तपाईं यौन सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौनको लतबाट बचने तरिका
यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech