मिठाइ कति र कसरी खाने ?

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः सकेसम्म मिठाइ नखानु नै राम्रो हुन्छ । कहिल्यै खाँदै नखानु सबैका लागि व्यवहारिक नहुन पनि सक्छ ।

त्यसैले खानै परेमा रंग नहालिएको मिठाई मात्र खानुपर्छ । केशर प्रयोग गरिएको मिठाइ हानिकारक नहुने भए पनि अन्य अखाद्य रंग प्रयोग भएको मिठाइ खानु हुँदैन ।

इरान, अफगानिस्तान, काश्मिर जस्ता केही ठाउँहरुमा मिठाइमा मात्र राखिने एक प्रकारको प्राकृतिक रंग हुन्छ । यो किलोको ५ लाखसम्म पर्ने हुँदा व्यापारीले यसको सट्टामा अखाद्य रंग प्रयोग गर्छन ।

चाडपर्वको समयमा मिठाइको माग बढ्ने भएकाले व्यापारीले अखाद्य पदार्थ मिसाउँछन् । यस्ता अखाद्य रंगको असर आज वा भोलि नै देखिँदैन । तर, पछि गएर त्यसले स्वास्थ्यमा असर गर्छ ।

नियमितजसो मिठाइ खानेहरुमा मोटोपन बढ्ने र रगतमा चिनीको मात्रा वृद्धि हुन्छ । व्यापारीहरुले एक पटक प्रायोग गरेको तेल बारम्बार प्रयोग गर्ने गर्छन् ।

धेरै पटक एउटै तेलमा खानेकुरा पकाउँदा त्यसयमा विषालु तत्व बन्छ, जसले क्यान्सर समेत हुन सक्छ ।

त्यसैले सकिन्छ भने मीठाई घरमै बनाएर खानु राम्रो हुन्छ । खिर, जेरी, सेलरोटी जस्ता मिठाइ धेरैले घरमै बनाउन सकिन्छ ।

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech