महिनावारी पछि सार्न औषधि लिनु स्वास्थ्यको लागि फाइदा कि हानिकारक ?

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७८, आईतवार

महिनावारीको समयमा महिलाले दुई खाले समस्या भोग्छन्। एउटा दुःखाई र अर्को रगत बग्ने।

महिलाको महिनावारी हुनुभन्दा पहिला ढाँड, पेट निकै दुख्छ। सामान्य दुःखाइले आफ्ना गतिविधिलाई असर गर्दैन। कतिपयलाई सामान्य दैनिक गतिविधिलाईसमेत असर पर्नेगरी दुख्छ।

अर्को समस्या रगत धेरै बग्नु र महिनावारी अनियमित हुनु हो। सामान्य अवस्थामा २८ देखि ३५ दिनमा महिनावारी हुन्छ।२१ दिनभन्दा पहिला र ३५ दिनपछि महिनावारी हुनुलाई भने अनियमित महिनावारी भनिन्छ।

कहिलेकाही महिनावारी नियमित हुन्छ तर रगत धेरै बगेको हुन्छ। यसरी रगत धेरै जाने र अनियमित महिनावारी हुने पनि हुन्छ।

यस्तो समस्या महिनावारी रोकिने समयमा हुन्छ। ४५ वर्षदेखि ५२ वर्षको विचमा हुन्छ। अर्को महिनावरी सुरू हुँदा (१४–१६ वर्ष) मा पनि धेरै रगत बग्ने र अनियमित हुने हुन्छ।

पाठेघरको मुखको क्यान्सर हुने अथवा यसको लक्षण देखिँदा पनि रगत बग्छ। त्यस्तै पाठेघर भित्रको समस्याले गर्दा रगत बग्ने समस्या हुन्छ। पाठेघरभित्र मासुहरू बढ्दा समेत समस्या आउँछ।

महिलाले आफूलाई आवश्यक परेको बेलामा महिनावारी पछि सार्न औषधि लिन्छन्। यस्तो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ।

यो प्राकृतिक चक्रलाई असर पर्ने काम गर्नु हुँदैन। महिनावारी हुँदैमा देवी देवताको पूजा गर्न हुँदैन भन्ने अन्धविश्वास हटाउन हामीले किशोर महिलालाई काउन्सिलिलङ गर्न जरूरी छ।

महिनावारीको समयमा महिलामा टाउको दुख्ने, वाकवाकी लाग्ने र धेरै तनाव हुने हुन्छ। कतिपय अवस्थामा महिलालाई रिस उठ्ने, छटपटी हुने हुन्छ।

यो सबैमा हुन्छ भन्ने होइन। हर्मोनमा आएको परिवर्तनले यस्तो हुन्छ। यसमा अरू केही कारण छैन भनेर काउन्सिलिङ गर्न जरूरी छ।

महिनावारी सुकेका महिलामा ६ महिनामा रगत बगेको देखियो भने यसलाई खतराको संकेतको रुपमा मानेर चिकित्सकलाई देखाउनुपर्छ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech