बाँकेमा दीप प्रज्वलन गरेर मनाईयो विश्व फर्मासिस्ट दिवस

    • स्वास्थ्य पेज

  • ९ आश्विन २०७८, शनिबार

नेपालगन्ज: विश्व फर्मासिस्ट दिवस आज नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ । हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाईने यो दिवस विभिन्न जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गरि मनाईएको हो ।

दिवसका अवसरमा बाँकेमा छरिएर रहेका फर्मासिस्टहरुले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरे । नेपालगन्ज स्थित बीपी चोकमा भेला भएका फर्मासिस्टहरुले दीप प्रज्वलनसँगै केक काटेर दिवस मनाएका हुन् ।

नेपाल फार्मेसी संघको अगुवाईमा भएको कार्यक्रममा जिल्लाका सरकारी तथा निजि अस्पतालमा कार्यरत फर्मासिस्टहरु, निजि क्लिनिक, मेडिकलमा कार्यरत फर्मासिस्टहरु, औषधी उद्योगमा कार्यरत फर्मासिस्ट लगायत अध्ययनरत विधार्थीहरुको समेत सहभागिता थियो ।

यस वर्ष दिवसको नारा ‘फार्मेसी सधैं तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’ भन्ने तय थियो । दिवसकै अवसरमा सुदुरपश्चिम प्रदेशमा समेत विभिन्न कार्यक्रमको आयोजना गरियो । राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिमकाे आयोजनामा प्रभातफेरि, धनगढी स्थित तारानगरमा रहेको मानवसेवा आश्रम मा गएर खाद्यान्न तथा औषधी वितरण लगायत कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले औषधी उत्पादनको क्षेत्रदेखि विरामीको पहुँचसम्म गुणस्तरीय, असरयुक्त र सुरक्षित औषधी पुर्याउन फर्मासिस्टको उपस्थिति अनिवार्य गराउने, अस्पताल फार्मेसी निर्देशिका २०७२ समय सापेक्षित परिमार्जन गरी पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

  • ९ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech