यौन सम्पर्क गर्दा शुक्रकीट छिटो झर्छ ? अपनाउनुस् अव यी पाँच तरिका

    • डा.विनोद मिश्र

  • ४ आश्विन २०७८, सोमबार

आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मानिन्छ । घर्षण नै गर्न नपाई वा योनिमा प्रवेश गराउनासाथ वा प्रवेश गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी देखिने समस्या हो । कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । कतिपय व्यक्तिमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एउटा गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट राख्न सक्दिन कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । आक्कलझुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैले गर्न सकिने केही उपाय छन् ।

१-यौनसम्पर्क रोक्ने–सुरु गर्ने: यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र उत्तेजना केही कम भए पछि पुनस् सुरु गर्ने ।

२-आसन परिवर्तनः लोग्ने मान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौन सम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।

३-अँठ्याउनेः यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिवाट वाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना केही कम भए पछि पुनस् क्रीडा सुरु गर्ने ।

४- कन्डमको प्रयोगः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ ।

५- मांशपेशीको प्रयोगः पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा फाइदा मिल्छ ।

वीर्य स्खलन राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी)सँग यौनसम्पर्करहित क्रियाकलापमा संलग्न हुने, तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा प्रवेश गराउने कार्य भने नगर्ने । वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने ।

समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुनसक्छ । यो उपाय दीर्घकालीन समाधानका लागि लाभदायक मानिन्छ ।

(डा.विनोद मिश्र, माता मनकामना क्लिनिक कोहलपुरमा कार्यरत हुनुहुन्छ)

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech