सेक्स गर्दा छिटो विर्य खस्छ ? चिन्ता नलिनुहोस् अपनाउनुस् यी टिप्स

    • स्वास्थ्य पेज

  • ३१ भाद्र २०७८, बिहीबार

पुरुषहरुको लागि लामो समय सेक्स गर्न केही टिप्सहरु रहेका छन् । यस टिप्सहरु पालाना गर्न सकेमा पुरुषहरुले शिघ्र स्खलन हुने समस्याबाट मुक्त हुन सक्छन् । लामो समय विर्य धारण गर्न पनि पुरुषहरुलाई यी टिप्सहरुले मदत गर्छन् ।

रक्सी तथा चुरोटको सेवन बन्द गर्नुहोस्

धेरै रक्सी र चुरोट सेवनका कारण यौन सम्बन्धमा समस्या खडा हुने गर्छ । लामो समयसम्म सेक्स गर्ने क्षमतामा यसले कमी ल्याउने गर्छ ।

कण्डमको प्रयोग गर्नुहोस्

ज्यादातर पुरुषहरु कण्डोम प्रयोग गर्न हिचकिचाउने गर्छन् । तर, कण्डमको प्रयोगले लामो समयसम्म सेक्स गर्न सकिन्छ । यसले सुरक्षित सेक्स गर्न पनि मद्दत गर्छ ।

नियमित व्यायाम गर्नुपर्छ

राम्रो सेक्सको लागि दैनिक व्यायाम गर्नु अत्यन्त फलदायी हुन्छ । यसले शरिरलाई स्वस्थ राख्नुको साथै, सेक्स पर्फर्मेन्समा पनि उत्तिकै मद्दत गर्छ ।

शान्त रहनुहोस्

सेक्सका बखत नआत्तिनुहोस् । सेक्सका लागि पुर्ण तयार भएर बस्नुहोस् । शीघ्रपतन मानसिक समस्या हो । यस कारण पनि शान्त रहनु जरुरी छ । यस समस्यालाई हटाउन सक्नु भएमा लामो समय सेक्स गर्न सकिन्छ ।

रोमान्स गर्ने

धेरै पुरुष सोझै सेक्सका लागि हामफाल्छन् । तर, रोमान्सको महत्व सेक्स दौरान प्रमुख रहन्छ । रोमान्स गर्दा दुवैजनाले एकअर्कालाई सहज रुपमा लिने वातावरण निर्माण हुन्छ ।

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech