२४ वर्षीय युवामै ह्दयघात, जोगिन के गर्ने ?

डा.आचार्यका अनुसार क्रियाशील जीवन, धुमपान त्याग्नु, चिन्ताको ब्यवस्थापन, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको नियन्त्रण, पातलो शरीर, स्वास्थ्यकर खाना, सक्दो ब्यायाम आदिले मुटुरोगबाट बच्न वा सावधान हुन महत्वपूर्ण भूमिका खेल्छ।


    • स्वास्थ्य पेज

  • २६ भाद्र २०७८, शनिबार

नेपालगन्ज: बाँके खजुरा गाउँपालिका–६ का २४ वर्षीय युवा अस्वस्थ भएपछि परिवारले रातारात भेरी अस्पतालमा ल्याए । छातीमा समस्या भएपछि अस्पताल पु¥याइएका उनलाई चिकित्सकहरुले तत्काल परीक्षण गरे । मुटुमा रक्तप्रवाह हुने मुटुको नशा बन्द भएको थियो । अर्थात उनलाई ह्रदयघातको पुष्टि भयो । त्यसलगत्तै मुटुरोग विभागका प्रमुख डा कृष्ण अधिकारीको नेतृत्वमा ती युवाको एन्जियोप्लाष्टि सर्जरी गरियो ।

गम्भीर खाले ह्दयघात भएका उनलाई समयमै परिवारले अस्पताल पु¥याएका कारण उनको ज्यान जोगियो । दुई दिन अघि शल्यक्रिया गरिएको उनको अहिलेपनि आइसीयूमा राखेर उपचार चल्दै छ । ‘२४ वर्षकै उमेरमा ह्दयघात भएर भेरीमा आएको यो पहिलो केस हो शल्यक्रियामा संलग्न फिजिसियन डा विपिन आचार्यले भन्नुभयो–‘एकछिन त हामी नै आश्चर्यमा प¥यौं ।’ ती युवालाई न ब्लड ब्लड प्रेसर थियो न त सुगर । न उनी मदिरासेवन गर्थे ।

डा आचार्य भन्नुहुन्छ–‘गुट्का र चुरोटको अधिक सेवनका कारण उनलाई गम्भीर खाले ह्दयघात भयो ।’ यो भन्दा पहिला ३२ वर्षीय युवामा ह्दयघात भएको थियो । उनी शसस्त्र प्रहरीमा कार्यरत थिए । धन्न् समयमा उपचार पाएका कारण उनको ज्यान जोगियो । यी त प्रतिनिधिमुलक घटना हुन् । पछिल्लो समय युवाहरुलाई नै ह्दयघात हुन थालेपछि यसले अर्को भयावह अवस्था निम्त्याउने खतरा बढेको भन्दै डा आचार्य चिन्तित हुनुहुन्छ ।

शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ त्यसैले यसलाई स्वस्थ राख्न आवश्यक छ । तर, अहिलेको तनावयुक्त व्यस्त जीवनशैलीका कारण मुटुरोगीहरु बढिरहेका छन् । पहिले-पहिले उमेरदार मानिसहरुलाई मात्रै हुने मुटुसम्बन्धी समस्याले अहिले युवाहरुलाई पनि आफ्नो चपेटामा पार्न थालेको छ ।

मान्छेको अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय युवाहरु ह्दयघातको जोखिममा परेका हुन् । अस्वस्थ प्रतिस्पर्धा, तनाव, खानपिनमा लापरवाहीलगायतका कारणले ह्दयघातको जोखिम बढिरहेको डा आचार्यको भनाइ छ । उहाँले ह्दयघातबाट जोगिने भनेकै जीवनशैलीलाई बदल्नु भएको बताउनुहुन्छ । खानपिनमा हरियो सागसब्जी खाने, नियमित स्वास्थ्य जाँचगर्ने लगायतका उपाय अवलम्वन गर्ने हो भने ह्दयघातबाट जोगिन सक्ने उहाँको भनाइ छ ।

डा.आचार्यका अनुसार क्रियाशील जीवन, धुमपान त्याग्नु, चिन्ताको ब्यवस्थापन, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको नियन्त्रण, पातलो शरीर, स्वास्थ्यकर खाना, सक्दो ब्यायाम आदिले मुटुरोगबाट बच्न वा सावधान हुन महत्वपूर्ण भूमिका खेल्छ।

डा.आचार्यसँग गरिएको भिडियो कुराकानी स्वास्थ्य पेजको फेसबुक पेज र स्वास्थ्य पेजकै युटुबमा हेर्न सक्नुहुनेछ ।

  • २६ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech