डा भिमसिंह तिंकरी अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७८, बिहीबार

नेपालगन्जः स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा भिमसिंह तिंकरी अस्पताल भर्ना हुनुभएको छ । डा तिंकरीको कलेजो फेल भएपछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको हो ।

अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीका अनुसार तिंकरीको कलेजोमा समस्या देखिएको छ। ‘उहाँको कलेजोको काम गर्ने क्षमता कम भएको छ। साथै अन्य अंगमा समेत असर पुगेको देखिएको छ,’ डा भण्डारीले भन्नुभयो–‘थप उपचारका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो।

उहाँका अनुसार प्रत्यारोपणका लागि चिकित्सकहरू जुटिरहेका छन्। तर, त्यसका लागि समय लाग्नेछ । चिकित्सकको निगरानीमा उहाँको स्वास्थ्य परिक्षण सुरु भएको छ ।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech