छिटो गर्भवति बन्न यसरी बनाउनुस् पाठेघरलाई बलियो

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

पाठेघर महिलाको शरीरको प्रमुख प्रजनन यौन अंग हो। यदि महिला बच्चा जन्माउन चाहन्छ भने प्रजनन अंगको स्वास्थ्य झनै बलियाे हुन जरुरी छ।

जो महिलाहरुलाई गर्भधारण गर्नमा समस्या भइरहेको छ भने त्यस्ता महिलाहरुको गर्भाशय वा पाठेघर कमजोर भएको हुन्छ।

कमजोर गर्भाशयको मतलब हिस्टेरेक्टोमी वा सि–सेक्सनको खतरा बढ्न सक्छ। त्यसैले मजबुद पाठेघर महिलाको स्वास्थ्य, प्रजनन् क्षमता र लामो उमेरका लागि एकदमै जरुरी हुन्छ।

जान्नुहोस् गर्भाशय कमजोर हुनुको कारण तथा यसको बच्ने उपायः

गर्भाशय को मुख्य कार्य निषेचित अण्डालाई पोषण गर्नु हो। एक पटक निषेचित डिम्ब इन्डोमेट्रियममा प्रत्यारोपण गरेपछि यो गर्भाशयको रक्तनलीबाट पोषण प्राप्त गर्दछ र त्यसपछि एक भ्रुण बन्छ।

कतिपय समयमा गर्भाशयले राम्ररी काम नगर्न सक्छ जस्तै, अनियमित मासिक धर्म।

पाठेघर कमजोर हुनुको लक्षणः

पाठेघर कमजोर भए गर्भ बस्दैन

बारम्बार गर्भपतन हुन्छ

कब्जेतको समस्या हुनु

अलग खालको रक्तश्राव हुने

पिसाबमा संक्रमण हुने तथा चुहिने जस्ता समस्या हुने

उपाय

बदाम तथा सिड्स

पाठेघर बलियो बनाउन आफ्नो आहारमा बदाम तथा सिड्स बिउहरु खाने गर्नुपर्छ। फर्सी, सूर्यमुखीको बिउ सेवन गर्दा फाइदामन हुन्छ। बिउहरुमा स्वस्थ्य फ्याट हुन्छ, जसले गर्भाशयको मांसपेशिहरुलाई बलियो बनाउँछ।

हरियो सागपात
गर्भ नबसेका माहिलाहरुले हरियो सागपात खानुपर्छ। सागपात खानाले पेटको पीएच लेवल सन्तुलनमा राख्छ। यसमा फोलेट प्रचुरमात्रामा पाउने भएकाले पाठेघर कमजोर भएकालाई बलियो बनाउँछ। स्वास्थ्य विज्ञहरुले यस्ता महिलाहरुलाई ताजा फलफुल खान सल्लाह दिने गरेका छन्। फलफुलको रस आफैले घरमा बनाएर खाँदा राम्रो हुन्छ। फलफुलहरुमा भिटामिन, मिनरल तथा फ्लेबेनाइड पाउँछ।

भिटामिन सी
हरेक दिन भिटामिन सी केही न केही रुपमा खानुपर्छ। भिटामिन सीको औषधीका रुपमा पनि लिन सकिन्छ। भिटामिन सीले इम्युनिटी बढाउनुको साथसाथै संक्रमणबाट पनि बचाउँछ। गहुँको दलिया, क्युवोनाको सेवनले पाठेघर बलियो बनाउन मद्धत गर्दछ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech