साइक्लिङः मधुमेह नियन्त्रणमा कसरी लाभ मिल्छ ?

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

साइक्लिङ गर्दै नेपालगन्जका गगन थापा र उहाँकी छोरी

नेपालमा अझैसम्म पनि साइकल गरिबहरुको साधनको रुपमा चिनिन्छ । तर यसले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्नेमा धेरैले अझै पनि बुझिरहेका छैनन् ।

साइकल चलाउँदा मोटोपना कम हुन्छ । साथै, मुटु पनि स्वस्थ रहन्छ । यसका अलावा हाम्रो शरीरमा रगतको प्रवाह पनि ठीकसँग हुने गर्छ । साइकल चढ्दाको फाइदाको बारेमा एउटा रिसर्चले नयाँ कुरा पत्ता लगाएको छ ।

साइकल चलाउँदा मधुमेहको नियन्त्रण गर्न सकिन्छ

एक रिपोर्टका अनुसार साइकल चलाउनुले मधुमेहलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यसको साथै यो मुटुसम्बन्धी समस्याको कैयौं प्रतिशत नियन्त्रण गर्न सकिन्छ ।

शोधकर्ताको समूहले ५५ देखि ५६ वर्ष उमेरका ७४५९ जना मधुमेहका बिरामीको स्वास्थ्य अवस्थाको तथ्यांकमा अध्ययन गरेका थिए । जसमा १९९२ सालदेखि लिएर सन् २००० को समयमा १० पश्चिमी युरोपेली मुलुकमा रेकर्ड गरिएको स्वास्थ्य सम्बन्धी तथ्यांक, भूसामाजिक र जीवनशैलीको जानकारीका बारेमा अहम सवाल सोधिएको थियो ।

यस अनुसन्धानसँग सम्बन्धित जानकारी अनुसार मधुमेहबाट पीडित कुल ७४५९ मध्ये केवल ५४२३ ले मात्रै अध्ययनको अन्तिमसम्म सहभागी भएका थिए । यस प्राथमिक विश्लेषणको अन्तिम अपडेट नोभेम्बर १३, २०२० मा आयोजना गरिएको छ ।

साइकल यात्रीहरुमा दीर्घ रोगका कारण मृत्युको जोखिम ३५ प्रतिशत कम

अर्को एक अनुसन्धानले नियमित ६ वर्षभन्दा धेरै साइकल चलाउने मान्छेमा दीर्घ रोग लागेर मृत्यु हुने जोखिम ३५ प्रतिशतसम्म कम हुने गरेको पाइएको छ । यो साइकलमा यात्रा नगर्नेहरुको तुलनामा निकालिएको तथ्यांक हो ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech