शिलाजीतको सेवनले बढाउँछ यौन क्षमता

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

आयुर्वेदमा शिलाजीतलाई प्रमुख औषधिका रुपमा मानिन्छ। यसलाई जडीबुटीहरूको राजा पनि मानिएको छ।

बल पुष्टिकारक, ओजवद्र्धक र दौर्बल्यनाशक जस्ता गुणहरु शिलाजीतमा पाइन्छ। शिलाजीत रोगी व्यक्तिहरुको लागि मात्र नभइ स्वस्थ व्यक्तिका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

यौन दुर्वलता अर्थात नपुंसकताबाट पीडित विवाहित व्यक्तिले र अविवाहित युवकले पनि यसको सेवन गर्न सक्छन्। शिलाजीत गहुतरगोमत जस्तो गन्ध आउँछ।

शिलाजीतले शरीरलाई बल दिएर स्वस्थ शक्तिशाली र पुष्ट बनाउँछ । शिलाजीत सेवन गर्नको लागी एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ। दुधले सेनरजेटिक एक्सन बढाई दिन्छ। दुध छैन भने मनतातो पानीमा हालेर पनि खान सकिन्छ।

शिलाजीतको सेवनले मानिसको यौन क्षमतमा बढ्छ। यस बाहेक शिलाजीतले शरीर सँग सम्बन्धित धेरै समस्याहरू र रोगहरूलाई हटाउँछ। शिलाजीतको उपभोगको प्रमुख ८ लाभ छन्।

१- यौन क्षमतामा वृद्धि

दैनिक एक सानो चम्चाको मात्राको शिलाजीतको सेवनले यौन क्षमतामा बढ्नमा मद्धत पुग्छ। वास्तवमा शिलाजीतमा टेस्टोस्टेरोन हर्मोन बढाउने क्षमता हुन्छ।

२-दुध सँगै मिलाएर पिउनाले शुक्रकिटको वृद्धि हुन्छ

यदि तपाईले दुधसँग शिलाजीतको पाउडर मिसाएर पिउनुहुन्छ भने शुक्रकिट संख्या धेरै छिटो बढाउन मद्धत मिल्छ। यो एक वैज्ञानिक अध्ययन पछि दाबी गरिएको छ।

३-अनिन्द्राको समस्या हट्न मद्धत गर्छ

अनिन्द्राको समस्या टेस्टोस्टेरोन हर्मोनको कमीले गर्दा हुन्छ। शिलाजीत सेवनले यो हर्मोन बढ्छ। तसर्थ तपाईले राती सुत्नुभन्दा अगाडी शिलाजीतको सेवन गर्दा शरीरलाई फाइदा पुर्याउँछ।

४- रगतको कमी हुँदैन

मानिसहरूले रगतको कमीका कारणले धेरै रोगहरूको सामना गर्नुपर्ने हुन्छ। जबकि शिलाजीतमा फलामको मात्रा पाइन्छ। यसको सेवनले तपाईंको शरीरमा रगतको कमी हुन दिदैँन।

५- स्मरण शक्तिमा विकास
शिलाजीतको सेवनले स्मरण शक्तिको क्षमतामा पनि बढाउने गर्दछ। वास्तवमा फुलविक एसिड शिलाजीतमा पाइन्छ। यो एसिडले मस्तिष्कको दक्षताको साथ–साथै स्मरणशक्तिमा पनि बढाउँछ।

६- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

रोगहरूबाट टाढा रहनका लागि तपाईका शरीरसँग रोगप्रतिरोधात्मक शक्ति बलियो चाहिन्छ। शिलाजीतको एक रोग प्रतिरोधात्मकको रुपमा काम गर्ने हुन्छ। त्यसकारण दैनिक शिलाजीतको थोरै मात्रामा उपभोग गर्दा शरीरलाई फाइदा पुर्याउँछ।

७-सधै स्वस्थ
शिलाजीतको सेवनले लामो समय सम्म जवान देखिनको लागि धेरै फाइदाजनक छ। शिलाजीतको सेवनले एक बुढ्यौली एजेन्टको रूपमा काम गर्छ। जसको कारण बढ्दो उमेरको धेरै प्रभावहरू निष्क्रिय हुन्छन्।

८- मधुमेहको उपचारमा प्रभावकारी हुनसक्छ

शिलाजीतको सेवनले मधुमेह जस्ता रोगका मानिसका लागि रामवाण साबित हुनसक्छ। यसको विरोधी मधुमेह गुणको कारण उपचारमा मद्धतका साथै जोखिमलाई समेत कम गर्छ।

 

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech