पाँचवर्षमा २० लाख कीटनाशक झुल वितरण

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

काठमाडौंः सरकारले पाँच वर्षको अवधिमा २० लाख बढी कीटनाशक झुल वितरण गरेको जनाएको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झुल वितरण गरेको हो।

सरकारले आम वितरण अन्तर्गत उच्च जोखिम क्षेत्रका समुदाय र नियमित अन्तर्गत गर्भवती तथा जोखिम सूहका लागि भन्दै झुल वितरण गर्दै आएको छ।

गएको पाँच वर्षमा आम वितरण अन्तर्गत १७ लाख २९ हजार ७४६ र नियमित अन्तर्गत २ लाख ८३ हजार २८३ वटा कीटनाश झुल वितरण गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार खरिद गरेर वितरण गर्दा एउटा झुलको मूल्य साढे दुई सयदेखि तीन सय रुपैयाँसम्म पर्छ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech