सरकारको न्यूनतम साझा कार्यक्रमः स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७८, आईतवार

नेपालगन्जः सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

सरकारको न्यूनतम साझा कार्यक्रममा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रलाई अझ बलियो बनाउने र सुत्केरी, गर्भवति महिलाका लागि पोषण कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

यस्ता छन् प्राथमिकताहरू

– कोभिड-१९ बाट उत्पन्‍न महाविपत्तिबाट उन्मुक्ति

– आगामी असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्ने ।

– खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापनाको लागि पहल गर्ने ।

– उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू तथा फ्रन्टलाइनरहरूका लागि प्रोत्साहन भत्ता प्रदान गर्ने । अग्रस्थानमा रही योगदान गर्ने राष्ट्र सेवक कर्मचारीहरूलाई आवश्यकताअनुसार सुरक्षा सामग्री उपलब्ध गराउने ।

– कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिने ।

– कोभिड-१९ को सम्भावित तेस्रो लहरका सम्बन्धमा स्वास्थ्य सचेतना बढाउने, आवश्यक जनशक्ति र गूणस्तरीय स्वास्थ्य सामग्रीकव व्यवस्था गर्ने । अक्सिजन तथा अन्य औषधिजन्य सामग्रीको व्यवस्था गर्ने ।

– स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्ने र दोषि देखिएका व्यक्ति तथा संस्थाउपर कारबाही गर्ने ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech