बीपी प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउने सम्झौता ठीक होइनः पूर्व स्वास्थ्यमन्त्री पोखरेल

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

काठमाडौंः पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताउनुभएको छ । जो दोषी हो, उसैलाई मात्रै हटाउनुपर्ने उहाँको धारणा छ ।

शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा पूर्वमन्त्री पोखरेलले भन्नुभयो–‘सम्झौता गर्दा सबै पदाधिकारी हटाउने भन्ने उद्देश्यबाट आएको छ, त्यो ठीक कुरा छैन । कोको दोषी हो, त्योत्यो दोषी किटान गर्नुपर्छ त्यसभित्र पनि ।’

उहाँले भन्नुभयो–‘‘सबै बदल्नुपर्छ भन्ने अर्को उद्देश्यद्वारा प्रेरित छ । एउटा क्रियाको अर्को प्रतिक्रियातर्फ लग्यो भने त्यो संस्था बन्दैन । एकपटक रिभ्यू गर्नुपर्छ त्यो संस्थालाई हेर्दा चाहिं ।’

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच प्रतिष्ठानका चारैजनालाई पदबाट हटाउने प्रक्रिया सुरु गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो ।

पूर्वमन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिको सन्दर्भमा उत्पन्न समस्यालाई तत्कालै समाधान गर्न र अरुकोबारेमा ठोस अध्ययन गर्न सुझाव दिनुभयो।

उपकुलपतिलाई असीमित अधिकारहरु दिइएको भन्दै उहाँले त्यसमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech