यौन आसनका जोखिम

    • स्वास्थ्य पेज

  • ३ श्रावण २०७८, आईतवार

मानिसको स्वभाव नै परिर्वतनशील हुन्छ । उसले फरक–फरक किसिमको आनन्द लिन खोज्छ । फरक यात्रा तथा अनुभव गर्न चाहन्छ । सम्भोगमा पनि यो लागू हुन्छ । सम्भोग कला हो । यसमा विभिन्न आसनको प्रयोग हुन्छ । केही आसन प्राकृतिक छन् ।

सम्भोग कला कोक शास्त्रका विज्ञले विभिन्न आसनको बारेमा उल्लेख गरेको पाइन्छ । सम्भोगमा ९० भन्दा धेरै आसन छन् । तीमध्ये प्रमुख आसन सम्मुख, कामधेनु, कर्कट, कैंची हुन् ।

सम्मुख आसनमा महिला तल वा पुरुष तल हुन्छन् । कामधेनु आसनमा महिला घोप्टो पर्ने तथा पुरुषले उठेर गर्ने आसन हो । कर्कट आसनमा महिला र पुरुष दुवै बसेर गरिने आसन हो । कैँची आसनमा महिला सुतेर खुट्टा फटाउने र उठाउने गर्छन् । पुरुषले घुँडा दोब्राउने वा पसार्ने आसन हो ।

चिकित्सा शास्त्रमा यौन र यौन क्रीडालाई भन्दा सभ्य यौन जीवन र सन्तान उत्पादनमा महत्व दिएको हुन्छ । विभिन्न किसिमका आसनका यौन र यौन क्रीडा मनोरञ्जनका साधन बनाउन सहायक सिद्ध हुन्छन् । पहिलो पटक यौन सम्पर्क गर्ने यौन जोडीमा शिघ्र स्खलनको समस्या हुन्छ भने अनुभव गर्दै जाँदा मनोरञ्जन तथा आनन्ददायी बन्न पुग्छ । यौन क्रीडा गर्दा यौन जोडीलाई नै आनन्ददायी हुनु पर्छ । त्यसैले सहमतिमा यौनआसन तय गर्नुपर्छ ।

यौन क्रियाकलाप यौन जोडीबीच शारीरिक, मानसिक, आध्यात्मिक अवस्था बुझेर गरिने क्रिया—प्रक्रिया हो । पुरुषले यौन क्रीडा गर्दा वीर्य स्खलन भैसकेपछि महिलाप्रति आत्मसमर्पण गरेजस्तो हुन्छ । यौन क्रियाकलाप गर्न पनि कला चाहिन्छ । नजानी जथाभावी यौन आसन गर्नु ठीक हैन ।

यौन क्रीडा तथा आसन गर्दा यौन जोडीबीच एकले अर्कोको बानी, व्यवहार, मनोभाव, सामाजिक स्थिति तथा शारीरिक स्वास्थ्य जान्न अत्यन्त जरुरी छ ।

उचाइअनुसार यौनाङ्गको आकार र लम्बाइ हुने भएकाले सकेसम्म यौन जोडीबीच तौल र उचाइको समानता भएको राम्रो । पुरुष अग्लो र महिला होचो भएमा पुरुषको लिंग लामो हुने भएकाले महिलाको यौनांगको बाटो भएर सर्भिक्समा लिंगको टुप्पो ठोकिने भएकाले सर्भिक्सको सोथ (रातो, तातो, दुख्ने, सुन्निने) जोखिम हुन्छ । यौन आसन गर्न नजान्दा पुरुषको लिंगको टाउकोमा घस्रिएर सोथ हुने सम्भावना हुन्छ ।

पुरुषलाई यौन आसनको राम्रो ज्ञान नहुँदा अण्डकोषमा चोट लागेर सोथ हुने सम्भावना अत्यधिक हुन्छ । यौन आसनले महिलाको पाठेघर, डिम्बनली तथा डिम्बासय र डिम्बमा भने असर हुँदैन ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech