भेरीमा थप एकजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुढीनन्दा–७ बाजुराका ६२ वर्षीय पुरुषको उपचारका क्रममा आइतवारराती मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति बाँकेका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

असार १७ गते कोभिड पुष्टि भएका ती पुरुष त्यसैदिन अस्पताल भर्ना भएका थिए । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ३ सय ६३ जनाको मृत्यु भएको वलीले बताउनुभयो ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech