नेपालगन्जमा भेरोसेल खोपको दोस्रो मात्रा भोली

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जमा भोली कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

नगरका २३ वटै वडामा भोली भेरोसेलको दोस्रो मात्रा दिन लागिएको हो । सरकारले बाँकेमा भेरोसेलको पहिलो मात्रा ६२ देखि ६४ वर्षका उमेरसमूहका जेष्ठ नागरिसँगै फ्रन्टलाइनरलाई दिने भनेको थियो ।

तर बाँकेमा भने लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई पनि खोप दिएपछि विवाद भएको थियो । खोप लगाउन जाँदा कार्ड भने अनिवार्य गरिएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech