बाँकेमा निषेधाज्ञा आज सकिदै, जोरविजोर प्रणाली हट्ला त ?

    • स्वास्थ्य पेज

  • २१ असार २०७८, सोमबार

नेपालगन्जः बाँकेमा जारी निषेधाज्ञा आज रातीदेखि सकिदै छ । बैशाख १३ गतेदेखि जिल्लामा लागु गरिएको निषेधाज्ञा आज राती १२ बजेदेखि सकिन लागेको हो । पछिल्ला केही सातादेखि खुकुलो पार्दै निषेधाज्ञा थप्दै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा थप बढाउने भएको छ ।

यद्यपी गएको सातादेखि सवारी साधान संचालनको हकमा लागू गरिएको जोरविजोर प्रणाली भने हटाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले रेडियो बागेश्वरीलाई जानकारी दिनुभयो ।

‘काठमाडौंमा जोरविजोर प्रणाली हटाइसकिएको छ, त्यसैलाई यहाँ पनि फ्लो गर्ने तयारीमा छौं उहाँले भन्नुभयो–‘छलफल गरेर निर्णय लिन्छौं ।’ अहिले प्रशासनले सबै किसीमका पसल व्यवसाय स्वास्थ्य मापदण्ड पालनागरी अपरान्ह ४ बजेसम्म खोल्न दिइरहेको छ ।

जिल्लामा कोभिड संक्रमण विस्तार नियन्त्रणमा आइसकेको छ । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न स्थानीय प्रशासनले सर्वसाधरणलाई आग्रह गर्दै आएको छ ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech