कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २० असार २०७८, आईतवार

धनगढीः कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण आइतवार एक जनाको मृत्यु भएको छ ।शुक्लाफाँटा नगरपालिका–८ की ७७ वर्षीया वृद्धको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरमा आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमदत्त नगरपालिकाका ५ जना,दोधराचाँदनीका ४ जना र बेदकोट नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै आइतवारमहाकाली अस्पतालबाट ५ जना कोरोना संक्रमित निका भई घर फर्किएका छन् । जिल्लामा ११४ जना सक्रिय कोरोना संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech