ओरल सेक्स ठिक की बेठिक ?

    • स्वास्थ्य पेज

  • १५ असार २०७८, मंगलवार

प्रश्नः विवाह भएको ११ बर्ष भयो । करिब १० वर्ष हामीले सामान्य आसनमा यौन क्रिया गरिरह्यौं । सायद त्यही कारण हुन सक्छ, हामी यौनमा बिस्तारै निरस हुन थालेका थियौं । साथी भाइसँग कुरा गर्दा यौन क्रियालाई रसिलो बनाउन ओरल सेक्स महत्वपूर्ण भएको बताए । सुरुमा हामी दुबैलाई अलि असजिलो अनुभव भए पनि यसले मलाई नयाँ किसिमको आनन्द दिलायो । श्रीमती पनि आजकाल सेक्सको यस बिधिमा रमाएकी छन् भन्दा हुन्छ । ओरल सेक्सले स्वास्थ्यमा असर त पार्दैन ? कृपया यसका सकारात्मक, नकारात्मक पक्षहरुको जानकारी पाउ ?

जवाफः मुख मैथुनमा सरसफाइको बिषेश महत्व हुन्छ । मानव जीवनलाई सहज रुपमा अघि बढाउन दम्पक्तिबीच यौनसम्बन्धको ठूलो महत्व छ । यौन सम्बन्ध युवा अवस्थामा मात्र हुन्छ भन्ने जरुरी छैन, पाका व्यक्तिहरु पनि यसबाट आनन्दित हुन्छन् । यौनलाई बढि सरल र सहज बनाउने अनेक बिधि छन् । समय समयमा बिधि बदल्दा यसले थप आनन्दित बनाउँछ । ती बिधिमध्ये कै एक हो(ओरल सेक्स पनि ।

हुन त यो विधि प्राकृतिक रुपमा पशु र कतिपय पंक्षीको पनि हो । मुख मैथुन गर्न नदिँदा पशुमा यौन रुची घटेको अध्ययनले देखाएको थियो । अर्थात्, पशुहरुले मुख मैथुनबाट चरम सन्तुष्टि लिन्छन् । यो अध्ययन सार्वजनिक भएपछि पश्चिमा देशहरुमा मुख मैथुन गर्ने मानिसको संख्या हृवात्त बढ्यो । प्रोनोग्राफीले त्यसलाई ब्यापक बन्न सघायो । यद्यपी, मानिसले मध्ययुगदेखि नै मुख मैथुन गर्न थालेको मानिन्छ । सभ्रान्तहरुले दास वा दासीलाई मुख मैथुन गराएको इतिहासमा पाइन्छ । यसले दुबै पक्षलाई चरम आनन्द दिने अध्ययनहरुले देखाएका छन् । अहिले त ओरल सेक्स शिक्षित दम्पत्तीहरुका वीच सामान्य जस्तै बन्न थालेको छ ।

हिजोआज बढी यौन आनन्दका लागि मुख मैथुन गरिन्छ । सुरुमा पुरुषले महिला वा महिलाले पुुरुषको यौनांगलाई मुखले चलाइदिने बिधिलाई ओरल सेक्स भनिन्थ्यो । आजभोलि यो यौन सम्पर्क अघिको पाकक्रीडा (फोरप्ले) बन्न पुगेको छ । यसमा मुखमा स्खलन गराउनेसम्म गरिन्छ । यसलाई गर्भधारण रोक्ने बिधिको रुपमा पनि लिइएको छ ।

अध्ययनहरुले देखाए अनुसार, बूढापाका पुरुषहरु मुख मैथुनमा बढि रमाउने गरेका छन् । उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै गए पनि मनमा यौन चाहना हुने भएका कारण पाका पुरुषहरु मुख मैथुनमा रमाएका हुन् । उमेरदार पुरुषहरु चाही फोर प्लेका लागि मुख मैथुनमा रमाए पनि आफ्नो क्षमता र आनन्दका लागि बढी सामान्य आशनमा यौन सम्पर्क गर्छन् ।

पश्चिमा देशहरुमा भएका अध्ययनहरुले २०–२४ वर्ष उमेर समूहका ५५ प्रतिशत पुरुषले महिलालाई मुख मैथुन गराउने गरेको देखाएका छन् । त्यस्तै, ३०–३९ बर्ष उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुखको माध्यमबाट यौन सन्तुष्टि दिने प्रयास गरेका छन् । उमेर बढ्दै जाँदा महिला वा पुरुष यौनमा उदार बन्दै जान्छन् र मुख मैथुनलाई यौनको महत्वपूर्ण विधि मान्छन् भन्ने यसबाट देखिन्छ ।

अध्ययनहरुले मुख मैथुनले महिलाहरुलाई मनोरोगबाट बच्न मद्दत गरेको देखाएको छ । नेपालमा भने यस किसिमको अध्ययन नभएकाले यौन सम्पर्कको यो बिधि कति लोकप्रिय छ भन्न सकिने अवस्था छैन । नेपाली समाजमा अहिले पनि यो बिधिलाई अप्राकृतिक मान्ने गरिन्छ ।

मुख मैथुनमा सरसफाइको बिषेश महत्व हुन्छ । पश्चिमाहरु यौन सम्पर्कअघि अनिवार्यरुपमा नुहाउँछन् । नुहाउँदा यौन अङ्ग र भित्री बस्त्रहरुको सफाइमा निकै ध्यान दिन्छन् । नेपाल लगायतका कम बिकसित मुलुकहरुमा भने यौनको सन्दर्भमा सरसफाईलाई त्यति महत्व दिइदैन । तर, मुख मैथुनको लागि यौनांग, मुख आदिको सरसफाइ महत्वपूर्ण हुन्छ । आफ्नो यौनसाथीको यौनाङ्गको सफाइप्रति विश्वस्त नभएसम्म आनन्द अनुभव गर्न सकिदैन ।

अव तपाईको प्रश्नतर्फ आउँ । एकतर्फी प्रयास वा चाहनाले मात्र यौन सन्तुष्टि हुँदैन । यसका लागि दुबैजनाबाट समानस्तरमा रमाइलो चाहना र प्रयास हुनुपर्छ । दुबैजना फोरप्लेमा सहभागी हुनुपर्छ । माया र फोरप्लेमा सम्पूर्णरुपमा नडुब्दासम्म जुनसुकै बिधिबाट पनि भरपूर आनन्द लिन सकिँदैन । त्यसैले पहिलो र महत्वपूर्ण पक्ष भनेको तपाईहरु दुबैजना एकअर्कामा लीन र समर्पित हुनैपर्छ । एकजनाले मात्र आनन्द लिने गरे त्यो स्वार्थीपना हुन्छ । स्वार्थीपना यौन आनन्दको शत्रु हो ।

 

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech