नेशनल हेल्थ केयरद्धारा रेमडिसिभिर उत्पादन सुरु

    • स्वास्थ्य पेज

  • १४ असार २०७८, सोमबार

वीरगन्जः वीरगन्जस्थित नेशनल हेल्थ केयरले कोरोनाको उपचारमा प्रयोग गरिदै आएको रेमडिसिभिर औषधिको उत्पादन सुरु भएको छ। उत्पादित उक्त औषधि बिक्रि वितरणका लागि बजारमा समेत पुगिसकेको नेसनल हेल्थ केयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले जानकारी दिनुभयो ।

वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति भएको कम्पनीले आइतबार मात्रै बजारमा बिक्रि वितरणका लागि अनुमति पाएको थियो। बिक्रि वितरणका लागि अनुमति पाएसँगै रेमडिसिभिर औषधि माग भएको ठाउँमा पठाउन सुरु गरिएको पाण्डेले जानकारी दिनुभयो ।

हाल १५ हजार भाइल औषधि तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। कम्पनीले अहिले पन्ध्र हजार भाइल औषधि उत्पादनको तयारी गरिरहेको छ । नेशनल हेल्थ केयरद्धारा उत्पादित रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकेको छ।

उक्त औषधि नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ओटिभाबाट नेपालभरी ओटिभा डिभिजनका डिस्ट्रिब्युटर्स मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ। ्

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech