बाँके अपडेटः २४ घण्टामा ७ जनामा संक्रमण

    • स्वास्थ्य पेज

  • १२ असार २०७८, शनिबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ६१ वटा नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालमा ३६ नमुना परीक्षण गर्दा ६ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएका हो ।

तीमध्ये बाँकेका १ जनामात्रै रहेको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् ।

बाँकेमा अहिलेसम्म ८३ हजार ६ सय ६९ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech