गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क

    • स्वास्थ्य पेज

  • १० असार २०७८, बिहीबार

खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ। आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै गर्भवती र सुत्केरीलाई उनीहरुको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको हो।

एघार वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिन निःशुल्क क्याल्सियम चक्की वितरण शुरु गरिएको नगर प्रमुख इवन राईले बताउनुभयो। ‘क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ, उहाँले भन्नुभयो–‘नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो।’

स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन शुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताउनुभयो।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech