सम्भोगको इच्छा महिला र पुरुष मध्ये कसमा बढी ?

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

अहिलेसम्म महिला र पुरुष मध्ये सम्भोगको इच्छा कसको बढी हुन्छ भन्ने कुरा विवादस्पद नै छ । सम्भोगको इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि रहेको पाइन्छ ।

तर बेलायतमा हालै गरिएको एक अनुसन्धानले हाम्रो आम धारणा भन्दा फरक नतिजा देखाएको छ ।

लन्डनमा गरिएको एक अध्ययनमा पुरुषभन्दा बढी महिलामा सम्भोगको इच्छा हुने देखाएको छ । बाउचर कोड्स नामक कम्पनीले गरेको अनुसन्धानमा यस्तो नतीजा देखिएको हो ।

सर्वेमा १८ बर्ष भन्दा माथिका २३८३ जनालाई सहभागी गराइएको थियो । जसमा ५९ प्रतिशत महिलाले आफ्नो पुरुष पार्टनर भन्दा बढी सम्भोगको इच्छा देखाएका थिए भने ४१ प्रतिशत पुरुषले सम्भोगको इच्छा देखाएको रिपोर्टमा बताइएको छ ।

सर्वेमा २१ प्रतिशत जोडीले आफुहरुको पछिल्लो झगडा सम्भोगका कारण भएको उल्लेख गरेका थिए ।

साथै सर्वेमा ३२ प्रतिशत जोडीले आफ्नो जोडीदार सम्भोगको मामिलामा निकै अल्छी रहेको उल्लेख गरेका थिए भने ३४ प्रतिशतले आफ्नो सेक्स लाइफ बोर लाग्दो भएको उल्लेख गरेका थिए ।

एजेन्सी

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech