बाँकेमा आज ठूलो संख्यामा कोभिड संक्रमित थपिए, ९०० बढीमा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेमा आज ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लामा आज ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा सबैभन्दा धेरै ९०१ नमुना परीक्षण गर्दा ६८८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १७६ नमुना परीक्षण गर्दा १०१ जना र बागेश्वरी ल्याबमा १९७ नमुना परीक्षण गर्दा ११६ जना गरि कुल ९०५ जनामा संक्रमण पुष्टि भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जिल्लाका विभिन्न संस्थागत तथा होम आइसोलेसनबाट आज थप ३२३ जना कोभिड संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । केन्द्रका अनुसार १४८ महिला र १७५ जना पुरुष गरि कुल ३२३ जना आज कोरोना संक्रमणबाट निको भएका हुन् ।

बाँकेमा गएराती देखि अहिलेसम्म १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको केन्द्रले जनाएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech