बाँकेका अस्पतालमा कोभिड संक्रमित थप दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा एकजना गरि थप दुईजनाको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार शान्तिनगर गाँउपालिका-५ दाङका ३७ वर्षिय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २१ गते एन्टिजेन विधिबाट पीसीआर परीक्षण गर्दा उहाँमा कोभिड पुष्टि भएको थियो ।स्वास्थ्यमा समस्या भएपछि हिजो बैशाख ३० मा भेरी अस्पतालमा भर्ना भई उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै मेडिकल कलेज नेपालगन्जमा खजुरा गाउँपालिका-२ बाँकेका ५३ वर्षिया महिलाको समेत कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

बैशाख १८ गते स्वास्थ्य समस्या आएपछि मेडिकल कलेजमा भर्ना हुनुभएका उहाँमा १९ बैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उहाँको आज बिहान १०:३० बजे मृत्य भएको अस्पतालले जनाएको छ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १६८ जना र जिल्लाकै २२३ जनाको मृत्यु भईसकेको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech