बाँकेमा आज थपिने भन्दा निको हुने धेरै

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

नेपालगन्ज: बाँकेमा आज ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ हजार १ नमुना परीक्षण गर्दा ५६३ संक्रमित थपिएका हुन् ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४६४ नमुना परीक्षण गर्दा २३६ जना, मेडिकल कलेजको प्रयोगशालामा २६६ नमुना परीक्षण गर्दा १६५ जना र बागेश्वरी ल्याबमा २७१ नमुना परीक्षण गर्दा १६२ जना गरि कुल ५६३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

जिल्लामा हालसम्म १४ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ । आज बाँकेमा संक्रमण मुक्त भएर ५९९ जना डिस्चार्ज भएका छन् ।

जिल्लाका विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका २७४ जना महिला र ३२५ जना पुरुष गरि कुल ५९९ जना संक्रमण जितेर डिस्चार्ज भएको केन्द्रले जनाएको छ ।

हालसम्म बाँकेमा १० हजार २२८ जना कोरोना संक्रमणबाट निको भईसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech