चिसो छल्न हिटर ताप्दै हुनुहुन्छ ? यी सावधानी नअपनाए ज्यान जान सक्छ !

चिसोमा हिटरको प्रयोग कसरी गर्ने ? कस्ता हिटर प्रयोग गर्ने ? कुन अवस्थामा प्रयोग गर्दा घातक हुनसक्छ ? कसरी सावधानी अपनाउने लगायत विषयमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा रजनी शाहको सुझाव यस्तो छ ।


    • समिर/रिदम

  • ६ पुष २०७७, सोमबार

भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा रजनी शाह

नेपालगन्ज ६, पुष ।
चिसो बढ्दै गएको छ । चिसो छल्न मानिसहरु आगो ताप्नेदेखि हिटर बाल्नेसम्म गर्छन् । चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, जोखिम पनि त्यत्तिकै हुने गरेको छ । चिसो छल्न बालिने आगो र हिटरका कारण निसासिएर मृत्यु भइरहेका खवरहरु सार्वजनिक भइरहेका हुन्छन् । चिसो मौसममा धेरैजसोले झ्याल–ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ ।

जुन स्वास्थ्यका निम्ति अत्यन्तै घातक हुने चिकित्सकहरु बताउँछन् । चिसोमा हिटरको प्रयोग कसरी गर्ने ? कस्ता हिटर प्रयोग गर्ने ? कुन अवस्थामा प्रयोग गर्दा घातक हुनसक्छ ? कसरी सावधानी अपनाउने लगायत विषयमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा रजनी शाहको सुझाव यस्तो छ ।

थर्मल हिटरभन्दा हेलोजिन हिटर अलि जोखिमपूर्ण मानिन्छ । कोठालाई तताउने काम गरेपनि हेलोजिन हिटरले आगलागीको जोखिम समेत बढाउने गर्छ । त्यसैले सामान्यतः थर्मल हिटर बाल्दा उपयुक्त मानिन्छ ।

हिटरको प्रयोग कुन अवस्थामा जोखिमपूर्ण ?
बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने हुन्छ । जस्का कारण वातावरणमा भएको आद्रतालाई कमजोर बनाउछ वा घटाउँछ । हिटरले श्वास नलीको भित्री भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ । म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसको जोखिम बढ्छ । योबाट दम, ब्रोन्काइटिसका बिरामीको समस्या थप जटिल हुन सक्छ । लामो समय हिटर बाल्दा छाला सुख्खा हुने गर्छ ।

यस्तो अवस्थामा मृत्यु हुन सक्छ
बन्द कोठामा हिटर बाल्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले स्वास्थ्यलाई हानि पु¥याउँछ । यस्तो अवस्थामा राति सुत्दासुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ र मानिसको मृत्यु नै हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झुम्म हुने, बेहोस हुने जस्ता समस्या समेत देखिन्छन् ।

सुरक्षित तरिकाले कसरी हिटरको प्रयोग गर्ने ?
चिसोबाट जोगिन न्यानो जरुरी छ । यो भन्दै रातभरि हिटरको प्रयोग गर्न हुँदैन । बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन् । त्यसमा झन दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्ने हुन्छ । हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्छ । राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ । सकेसम्म एक दुई घण्टा मात्र हिटरको प्रयोग गर्नुपर्छ । रातभरि हिटर बालेर छाड्नु हुँदैन् ।

  • ६ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech