आज एकैदिन थपिए ३३४ संक्रमित

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७७, बिहीबार
आज एकैदिन थपिए ३३४ संक्रमित

काठमाडौं २२ जेष्ठ ।

नेपालमा ३३४ नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा अनुसार मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १,बागलुङका १०,पर्वतका ४, स्याङजाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको हो।

आज भएका संक्रमितहरु ३१९ जना पुरुष र १५ जना महिला छन्। यस्तै संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ। साथै देशभर संक्रमित भएकाहरु मध्य २४५० पुरुष छन् भने १८४ महिला छन्।

  • २२ जेष्ठ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech