बाँकेमा कोरोना जित्नेको संख्या ३ हजार ५९ पुग्यो

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७७, आईतवार

नेपालगन्ज २३, कात्तिक ।
बाँकेमा आइतबार थप ३७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३ हजार ५९ पुगेको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिभिन्न आइसोलेसन केन्द्रबाट १७ महिला र २० पुरुष गरि आज ३७ संक्रमित डिस्चार्ज भएका हन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ९२ रहेको छ भने ३५ जना संक्रमितको मृत्यु भइसकेको छ। जिल्लामा हाल विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २२ सहित ३ सय २० जनाले बसिरहेका छन् ।

 

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech