कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

नेपालगन्ज २३, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । रोल्पा लिवाङ नगरपालिका-४ का ५६ बर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि सुरुमा उनले रोल्पाको रेउघा स्वास्थ्य संस्थामा चेकजाँच गराएका थिए । त्यहाँबाट १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो । कोभिडको आंशकमा उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

१६ गते ती पुरुषलाई भेरी अस्पतालको कोभिड युनिटमा भर्ना गरिएको थियो । उनलाई रोगको प्रकृति अनुसार, सबै प्रकारको उपचार गरिएको थियो । तर अवस्था सुधार नभएपछि गएराती १२ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड देखिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । योसँगै बाँकेमा उपचारका लागि आएका २९ जनाको मृत्यु भएको छ ।

  • २३ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech