कैलालीमा होम आइसोलेसनमा बसेका २ जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

धनगढी २२, कात्तिक ।
कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टीकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार राती मृत्यु भएको हो ।

उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार टीकापुरका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो । यस्तै, बर्दगोरियाकी महिलामा १८ गते संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएपछि दुवै जना होम आइसोलसनमा बस्दै आएका थिए । उनीहरूको शव स्थानीय तह र आफन्तको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech