शनिवार बाँकेमा ३५ जना डिस्चार्ज,३०२ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गर्दै

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

 

नेपालगन्ज २२,कात्तिक ।

बाँकेका विभिन्न आइसोलेसन (संस्थागत तथा होम आइसोलेसन) बाट शनिबार थप ३५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १२ गते जिल्लाका विभिन्न आइसोलेसनमा बसेका १६ महिला र १९ पुरुष गरि ३५ जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेहरुको संख्या ३ हजार २२ पुगेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा अब बाँकेका २७९ र जिल्ला बाहिरका २३ गरि ३०२ जना स्वास्थ्य लाभ गरिरहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रति सयमा ९०.५९ प्रतिशत विरामीको निकोहुने दर रहेको बाँकेमा विरामीको मृत्यु दर १.०५ प्रतिशत रहेको छ ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech