दाङका ५९ वर्षिय कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • २२ कार्तिक २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज २२,कात्तिक । 

भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

घोराही उपमाहानगरपालिका-१५ दाङका ५९ वर्षिय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा श्वाब दिनुभएका उहाँको कात्तिक ६ गते पीसीआर रिर्पोट पोजेटिभ आएको थियो ।

कात्तिक ७ गतेदेखि कात्तिक २० गतेसम्म दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार सुरु गरिएको तर स्वास्थ्यमा सुधार नआउँदा कात्तिक २० गते उहाँलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याईएको थियो ।

कात्तिक २० गते साझँ ८ बजेपछि भेरी अस्पतालमा उपचार सुरुगरिएपनि स्वास्थ्या सुधार नआउँदा कात्तिक २२ गते शनिवार विहान ५ :२५ बजे उहाँको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै बाँकेमा बाहिर जिल्लाबाट आई उपचारका क्रममा ज्यान गुमाउनेहरुको संख्या २८ पुगेको छ । यसअघि शुक्रबार एकैदिन बाँकेमा विभिन्न जिल्लाका ४ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको थियो ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech