शुक्रबार देशभरबाट ४५०० जना डिस्चार्ज , २९०९ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

 

काठमाडौ २१,कात्तिक ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १५३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३३ महिला र १ हजार ७७६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ५०० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

अब देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech