बाँकेमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

तस्विरः फाइल

 

नेपालगन्ज २१, कात्तिक ।

कारोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला बाहिरबाट आई उपचारमा रहेका दुई जनाको शुक्रबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा टिकापुर नगरपालिका १ कैलालीका ५६ वर्षिय महिला र तुलसीपुर उपमाहानगरपालिका १० दाङ का २० वर्षिय महिला रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

तुलसीपुर १० का २० वर्षिय महिला प्रसुति सेवाका लागि कात्तिक १६ गते अस्पतालमा भर्ना भई १७ गते डेलिभरी भएको र त्यसपश्चात स्वास्थ्यमा समस्या आएपछि कोभिड आशंकामा श्वाब चेक गर्दा नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्याबमा रिर्पोट पोजेटिभ आएको थियो ।

सोही दिन मेडिकल कलेजको आइसोलेसनमा वार्डमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नहुदा कात्तिक २१ गते शुक्रबार दिउसो ३ :२० बजे उहाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि कोभिड आशंकामा कात्तिक २० गते विहिबार मेडिकल कलेज कोहलपुरमा भर्ना हुनुभएकि टिकापुर १ कैलालीका ५६ वर्षिय महिलाको सोही दिन श्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउदा कोभिड रिर्पोट नआउदै उपचारका क्रममा कात्तिक २१ गते शुक्रबार दिउसो २ :४५ मा उहाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।  उहाँमा मृत्यु पछि दिउसो ४ बजे कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै बाँकेमा बाहिर जिल्लाबाट आई उपचारका क्रममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech