कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०७७, शुक्रबार

धनगढी २१, कात्तिक ।

कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ। गौरीगंगा– ३ का वडाध्यक्ष शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। नगरपालिकाका प्रवक्ता समेत रहनुभएका ६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले जानकारी दिनुभयो ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचार गराइरहनुभएको थियो ।

 

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech